नेपाल न्युज लिंक रिपोर्टर
माघ १३ ,२०७८

राष्ट्रिय सभाका १९ जना सदस्यका लागि गत बुधबार भएको निर्वाचनमा ने क पा एमालेले १ सिट अन्य सिटमा सत्ता गठबन्धन विजयी भएको छ। यस निर्वाचनमा गठबन्धनको जनमोर्चाले १ सिट हासिल गरेको छ। यस अघि यसमा जनमोर्चाको उपस्थिति थिएन। प्रदेश सभा सदस्य,स्थानीय तहका प्रमुख, उप प्रमुख मतदाता रहेको प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको थियो।

निर्वाचन आयोग ले सार्बजनिक गरेको नतिजा अनुसार प्रदेश नो १ मा ने क पा समाजबादीकी जयन्ती देवी राई,एमालेका सोनाम गेल्जेन सेर्पा ,ने का का गोपाल कुमार बस्नेत,मधेश प्रदेशमा माओबादी केन्द्रकी उर्मिला अर्याल,जनता समाजबादी पार्टीका मोहम्मद खालिद ,बागमतीमा ने क पा समाजबादीकी गोमादेवी तिमल्सिना ,ने का का कृष्ण प्रसाद पौडेल,गण्डकीमा ने का की कमला पन्त,माओबादी केन्द्रका भुवन बहादुर सुनार,सुरेश कुमार आले मगर,लुम्बिनीमा ने क पा समाजबादीका राजेन्द्रलक्ष्मी गैरे,राष्ट्रिय जनमोर्चाका तुल प्रसाद बिश्वकर्मा ने का का युवराज शर्मा,कर्णालीमा माओबादी केन्द्रका नर बहादुर विष्ठ ने क पा समाजबादीका उदय बहादुर बोहोरा,सुदुर पशिम प्रदेशमा ने क पा समाजबादीका मदन कुमारी शाह माओबादी केन्द्रका जगत बहादुर पार्की ने का का नारायण दत्त मिश्र निर्बाचित भएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *