

नेपाल न्युज लिंक रिपोर्टर
माघ २१ ,२०७८
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाबका कारण आज बिहान देखि देशभर वर्षा बहिरहेको छ। मुलुकका उच्च पहाडी भूभागमा भिषण हिमपात भैरहेको छ भने काठमाडौँ लगाएत अन्य भूभागमा वर्षा लगाएत हिमपात भैरहेको छ। मधेशमा आएको हवाहुरिका कारण धनुषा र रौतहटमा गरी ३ जनाको ज्यान गएको छ। देशभर जनजीवन कष्टकर रहेको छ।
चन्द्रागिरी डाडामा हिउ परेका कारण चन्द्रागिरी,कालिन्चोक दोलखा हिउ खेल्न जानेको घुइचो लागेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर धेरै स्थानमा मेघ गर्जन,चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना तथा भोलि शनिवार पनि अधिकांस स्थानमा हल्का हिमपात,वर्षाको सम्भावना तथा आइतवार बाट आंशिक बदलि रही मौसम सफा रहने छ।
