रिपोर्टर – नेपाल न्युज लिंक
फागुन १६, २०७८

शिवरात्रीको अबसरमा काठमाडौँको पशुपति क्षेत्रमा आबश्यक सम्पूर्ण तयारी पूरा भएको मेला ब्यबस्थापनले बताएको छ। मन्दिर प्रवेश द्वार बाट मन्दिर सम्मको एरिया बत्ति फूलमालाले झकिझकाउ बनाईएको छ। दर्शन गर्न आउने भक्तजनको सुबिधाको लागि ट्राफिक ब्यबस्थापन,सुरक्षा व्यवस्था,प्राथमिक उपचार , स्काउट तथा स्वयं सेबकको परिचालन,सामाजिक संस्थाहरुको तर्फ बाट विभिन्न स्टलहरु द्वारा सेवा प्रदान, जुत्ता चप्पल ब्यबस्थापन, माइकिङ्ग द्वारा जानकारी गरिने व्यवस्था मिलाएको जनाइएको छ।
दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि चाबहिल तिलगंगा सडकमा सवारी नियमित संचालन गरिने तथा कोरोनालाई मध्यनजर गरी मन्दिरका ४ वोटा ढोका खोली भिड रहित छिटो छरितो मन्दिर प्रवेश गरी फर्कने व्यवस्था मिलाएकों जानकारी प्राप्त भएको छ। शिवरात्रीको दिन देशभरका शिव मन्दिरमा भगवान शिवको पुजा अर्चना,आराधना गरी साँझमा आगो बाली धुनी जगाउने परम्परा रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *