रिपोर्टर – नेपाल न्युज लिंक
१६ चैत,२०७८


शिक्षक सेवा आयोगले आधिराज्य भरका सामुदायिक विद्यालयहरुका लागि शिक्षक न्युक्ति प्रक्रियाका लागि लिखित परिक्षा गरिरहेको छ। शिक्षक न्युक्ति प्रक्रिया संगै सर्बसाधारणमा भने आफ्ना बालबालिकाको भबिष्य प्रति निरासा छाएको छ।
लामो समयको अन्तरालमा आयोगले विभिन्न पदका १७ हजार ३ सय ३२ शिक्षक न्युक्तिका लागि परिक्षा लिदै गरेको हो। यस अघि माओबादी द्वन्द्व कालका पिडित ४१८ जन शिक्षकलाई पुनर्बहाली तथा निवृतिभरण लगाएतका सुबिधा दिने निर्णय सरकारले यस अघि गरिसकेको छ भने अहिलेको अन्तरास्ट्रिय भाषाको माग विदेश रोजगारमा जाने श्रमिकमा समेत अनिवार्य भएको सन्दर्भमा अभिभाबकले ऋण गरेर भएपनि निजि बिद्यालय मा पढाउन थालेकोले कतिपय सामुदायिक बिद्यालयमा बिद्यार्थी शुन्य भै कयौ बिद्यालय मर्ज गरी शिक्षकलाई अन्यत्र ब्यबस्थापन गर्नु परेको अवस्था देखिएको छ।
सामुदायिक बिद्यालयहरुमा अहिलेको माग अनुसार पाठ्यक्रम परिमार्जन गरी सो अनुसार प्राइभेट बिद्यालयको उत्पादन संग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न योग्य शिक्षक छनौट गर्नु पर्नेमा पुरानै पाठ्यक्रम अनुसारका शिक्षक भर्ना प्रक्रिया शुरु गर्नु सामुदायिक बिद्यालयहरुमा कुनै सुधारको प्रयास नगर्नु बिगतलाई निरन्तरता दिने कार्य भनी सर्बसाधरण बाट चिन्ता ब्यक्त भएको छ।
तनहु घर भै हाल क्यानडा स्थायी बसोबास गर्दै आउनु भएका पदम घिमिरे भन्नु हुन्छ – “नेपालको शैक्षिक पाठ्यक्रमले गर्दा विभिन्न भिषामा आएका व्यक्ति तथा अभिभाबकले अंग्रेजी भाषाका कारण काम पाउन कठिनाई,कतिपय राम्रा अबसरहरु पनि गुमाउनु पर्ने,काम गर्नु पर्ने समयमा भाषा कक्षा लिन जानुपर्ने अबस्था रहेको छ,नेपालको बढी जनसंख्या सामुदायिक बिद्यालय मा पढ्ने,स्वदेशमा रोजगारीको आबसर नभई विदेश जानुपर्ने अबस्थामा सामुदायिक विद्यालय मा अंग्रेजी माध्यममा पढाई गर्ने गरी पाठ्यक्रम तय गरिनु पर्छ,पाठ्यक्रम परिमार्जन समिति,बिद्यालय ब्यबस्थापन,शिक्षक सबैका बालबालिका अंग्रेजी मध्यम भएको बिद्यालयमा पढाउने अरु सर्बसाधारण का बालबालिकाको लागि ब्यवास्ता गरी नेपाली माध्यममा पढाउनु भेदभावपूर्ण व्यवहार हो,अबिलम्ब अंग्रेजी माध्यममा पाठ्यक्रम तयार गरी सो अनुसार शिक्षक माग गर्नु पर्छ”। मलेसियामा काम गरी हाल नेपाल रहेका पदम मगर भन्नु हुन्छ – ” भाषाको कमजोरीका कारण कहिले काही भनेको नजानेर गल्ति हुन जान्छ, लामो समय काम गर्दा पनि माथिल्लो तहमा कम गर्न सकिदैन,यसले आफ्नो काम गर्ने क्षमता भएपनि भाषाका कारण लाचार हुनु परेको छ,त्यहाँ जाने कामदारको कमजोरीले देशको अबस्था झल्काउछ,देशभरका सामुदायिक बिद्यालय हरुको हालको अवस्था अनि यसका उत्पादन देखेर पनि पाठ्यक्रम परिमार्जन प्रति कुनै चासो नदेखाउनु बिगतका विभिन्न आन्दोलनमा निजि बिद्यालय संचालन गर्न नदिने नारा आफ्नो निहित स्वार्थ पूर्ति गर्न मात्र गरिएका पुस्टि हुन्छ।”
जनस्तरमा आफ्ना बालबालिकाको भबिष्य प्रति निराशा अनि सम्बन्धित सरकारी निकायले बालबालिका प्रति गरेको बेवास्ता अनि भेदभाब प्रति आक्रोश भैरहेको अबस्थामा देशका सबै बालबालिका देशका सम्पति भएको र सबैले समान अवसर पाउनु पर्ने, प्रारम्भिक शिक्षा सबैले समान रुपमा पाउनु पर्ने,यसलाई देशका सबै राजनैतिक दलले मुख्य एजेन्डा बनाइ सामुदायिक बिद्यालयको पाठ्यक्रम पनि अंग्रेजी माध्यमको बनाइ सो अनुसार योग्य शिक्षक न्युक्ति गर्नुपर्ने सर्बसाधारणको माग रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *