रिपोर्टर – नेपाल न्युज लिंक
२१ बैशाख २०७९
देश स्थानीय चुनाबको चटारोमा रहेको बेला सरकारबाट हाल भएको प्रहरी महानिरीक्षकको न्युक्तिलाई जनमानसले पुरानो परम्पराको निरन्तरताको संज्ञा दिएका छन।
राजनीतिक लक्ष प्राप्तिमा सहयोग मिल्ने दाउमा नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा तेश्रो बरियतामा रहेका जय बहादुर चन्द भेगीयलाई प्रहरी नियमावली बिपरित न्युक्ति गरिएको आरोप लागेका प्रधानमन्त्रि शेर बहादुर देउवाले एमाले सरकारका पालामा राजनीतिक आडमा आफू भन्दा अघिल्लो ब्याजका अधिकृतलाई पछि पारी आफूलाई बढुवा गराउन सफल भै प्रहरी महानिरीक्षक बन्न ढुक्क रहेका विश्व राज पोख्रेललाई न्युक्ति नगराई पहिले जस्तै तेश्रो बरियतामा रहेका धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएका छन्। स्मरण रहोस बिगतमा अच्युत कृष्ण खरेल र धुर्ब बहादुर प्रधानको पालामा बामदेव गौतमबाट भएको निर्णयमा असन्तुष्टी ब्यक्त गर्दै आदलत गुहार्न पुगेको अच्युत कृष्ण खरेल,शेर बहादुर देउवाको निर्णयमा नबराज सिलवालले जस्तै यस पटक पनि उक्त निर्णयका बिरुद्ध असन्तुष्ट बाट सर्बोच्च अदालतमा रीट दायर भएको छ ।
देशको कानुन कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्ने निकाय नेपाल प्रहरीमा सरकारमा बस्नेहरुले आफ्नो हित अनुकूल चलाउन खोज्ने अनि सोहि अनुसार व्यक्तिगत फाइदाको लागि प्रयोग गर्ने हो अनि केहि महिनाको लागि केहि व्यक्तिगत फाइदा पाउन संगठनका हजारौ इमान्दार प्रहरी कर्मचारीको आशा अनि भरोशाको अभिभाबक निकम्मा भएर नेताको घर दैलो धाएर पैसा,गाडी,इन्धन,ड्राइभर,भान्छे उपलब्ध गराउने परम्पराको अन्त्यको लागि प्रहरी नियमावली संशोधन गर्नुपर्ने माग नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणको रहेको छ।
