
रिपोर्टर – नेपाल न्युज लिंक
२२ बैशाख, २०७९
देश बिदेशी ऋणले चुर्लुम्म डुबेर खाडीमा काम गर्ने मजदुरको रेमिट्यान्समा सरकार चलिरहेको बेला बिदेशी मुद्रा संचिति गर्न आयात घटाउनुको सट्टा काठमाडौँमा विदेशबाट नयाँ मोटर साइकल आयात गरी महा एक्सचेन्ज मेला नाम दिएर मोटरसाइकल साट्ने काम भैरहदा सर्बसाधारण चिन्तित छन ।
देशमा उत्पादन हुन नसक्ने विलासिताका समानको आयात घटाउनुको सट्टा चलिरहेका पुराना मोटर साइकललाई मुल्यांकनमा थप दश हजार दिएर सटिदिने जस्ता प्रलोभन देखाएर चलिरहेका मोटर साइकल थन्काएर नयाँ बिकाइरहेका छन। सरकारी संयन्त्र मोटर साइकल देशमा आयात गरेर यती भन्सार आसुल गरेँ भनेर हिसाब गर्नमा ब्यस्त देखिन्छ। पुराना मोटर साइकल प्रहरी कार्यालय,आदालत,रि-कन्डिसन सेन्टरमा लाखौको संख्यामा थुपारेर राखेका देखिन्छन। ती सबै खरीदमा देशको सम्पति बाहिरिएको छ। देशका सम्पति कुहाएर फेरी महा एक्सचेन्ज मेलाको नाममा बिदेशी मुद्रा बाहिर पठाएर क्षणिक सरकार चलाउने जोहो गर्न नहुने सर्बसाधारणको भनाइ रहेको छ। अहिले काठमाडौँ मा यमाहाको महा-एक्सचेन्ज मेला चलिरहेको छ।
सर्बसाधारण को धारणा बुझ्ने क्रममा सिन्धुपाल्चोकका प्रकाश सापकोटा भन्छन – ” विभिन्न अपराधमा अनुसन्धानको सिलशिलामा अदालत,प्रहरी कार्यालयमा रहेका मोटर साइकल राखेको ठाउमा धूलो अनि पानीले गर्दा खिया परेर कवाडी संकलन गर्नेले पनि नलाने भएका छन् ,त्यस्ता लाखौको संख्याका राष्ट्रका सम्पति लिलाम गरेर चलाउन दिने नियम कानून बनाउनुको सट्टा भन्सारबाट राजश्व संकलन गरी आफ्नो अबधि पार गर्न सकिन्छ भनेर सरकारले महा-एक्सचेन्ज मेला को रमिता देखाएको छ। अदालत, प्रहरी कार्यालयहरुमा फालिएका अनि आयात गरी महा मेला चलाएको देख्दा आखा बाट आँसु रसाउँछ।” चोभारका दिलिप महर्जन भन्छन – “काठमाडौँका री- कन्डिशन सेन्टरमा मात्र लाखौ मोटर साइकाल थन्किएका छन्,आयात गर्न आबश्यक छैन,देशका तस्करी र भ्रष्टाचारीका लागि सरकारले संसारका महंगा गाडी पनि भित्र्याएर महामेला लगाउन सक्छ जनताले खबरदारी गर्न जरुरी छ,चोरी,लुटपाट,भ्रष्टाचार,तस्करी गर्ने यस्तै बिलाशिताका कुराका लागि हो,दाल भात खानका लागि कसैले पनि कुकर्म गर्दैन।”
देश दिन प्रतिदिन आर्थिक संकटमा पर्दै गएको अबस्थामा आफ्नो दुनो सोझ्याउन मात्र नलागी आक्रोशित जनताको भावनालाई मध्यनजर राख्दै देशको आर्थिक सम्वृद्धिको पक्षमा सरकारको ध्यान जान जरुरी रहेको बुद्धिजिवीहरुको ठहर छ।
