रिपोर्टर – नेपाल न्युज लिंक
१ असोज, २०८०
नेपाली नारीको महान पर्व हरितालिका तीजको आज भाद्र शुल्क तृतीयाका दिन ब्रत बसी पशुपतिनाथ मन्दिरमा लाखौ दर्शनार्थीले पुजा आराधना गरेका छन्।
उपत्यकामा पशुपतिनाथ मन्दिर लगायत अधिराज्यभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको लाम लागेको थियो। विगतको तुलनामा यस पटक अलि सहज रुपमा दर्शनार्थीले दर्शन गर्न पाएको दर्शनार्थीले प्रतिक्रिया दिएका छन् ।
पशुपतिनाथ मन्दिर परिसर लगायत अधिराज्यभरका शिव मन्दिर अनि विभिन्न संघ संस्थाले विभिन्न स्थानमा गरेका तीजका कार्यक्रमले व्रतालु नारीको मात्र नभएर सबै नेपालीहरुलाई एकै सुत्रमा गास्ने नेपाली नारीहरुको महान उत्सवको झल्को देखिन्थ्यो। ब्रतालु भक्तजनलाई विभिन्न प्रकाएका सेवा पुर्याउनका लागि विभिन्न संघ संस्थाहरुले विविध सेवा पुर्याइरहेका थिए। मेहनती नेपाली पर्वका वेला सबै एकजुट भएर सारा दुख पीर मर्का बिर्सेर रमाउने पनि गर्छन भन्ने झल्को देखिन्थ्यो।
द्वितीयाका दिन दर खाई सुरु हुने तीज तृतीयाका दिन ब्रत बसी चौथीका दिन गणेश भगवानको पूजा अनि पंचमीका दिन स्नान गरी सप्त ऋषिको पूजा गरी तीज समाप्त हुने प्रचलन रहेको छ।
