रिपोर्टर – नेपाल न्युज लिंक                                                                                                                ४ माघ २०८०

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत  अन्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” (6th Nepal Agritech International Expo) यही २०८० माघ १२, १३ र १४ गते काठमाडौँको भृकुटीमण्डपमा गर्न गइरहेको जानकारी गराउदै आयोजकले गत बुधवार एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने साथै कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आउनुहुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको जनाइएको छ ।

नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *