रिपोर्टर – नेपाल न्युज लिंक

२ फागुन २०८०

एन आई सी एशिया बैंकले आफ्ना बारेमा विगत केही  दिन देखी सञ्चार माध्यम तथा सामाजिक सजालहरूमा प्रकाशित तथा प्रसारित नकारात्मक समाचारहरू प्रति बैंकको ध्यानाकर्षण भएको जनाएको छ ।

गत मगलवार सामाजिक सजालमा पोष्ट गर्दै  सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको जालमादरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको Capital Adequacy Framework 2015 मा उल्लेखित Risk Weight Classification सम्बन्धी व्यवस्थाहरू मध्ये Claims Secured by Residential Properties भित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष Reporting गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे पश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा Claims Secured by Residential Properties सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई Reporting गरिसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं भनिएको छ ।

यस विषय वाहेक बैंकले Real Estate Sector मा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै Real Estate Sector मा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको व्यहोरा समेत सम्बन्धित सबैलाई प्रस्ट पार्दछौं भनेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *